बाठपाली माध्यमिक विद्यालयका १ सय बढी विद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइयो

सेयर गरौं

बझाङको छविस पाथिभेरा गाउँपालिका – ६ अन्तर्गत पर्ने बाठपालि माध्यमिक विद्यालयका १ सय बढी विद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइएको छ ।
लेकगाउँ स्वास्थ्य चौकीको टोलिले आज आइतबार विद्यालयमा पुगेर ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाएको हो ।

उक्त विद्यालयका ६३ छात्र र ४५ छात्रा गरि १सय ८ जना विद्यार्थी बालबालिकालाई कोरोना बिरुद्धको फाइज बायोएन्टेक खोप लगाइएको लेकगाउँ स्वास्थ्य चौकीका प्रमुख देउपाल जप्रेलले बताउनुभयो । त्यस्तै आजै मजखोरी माध्यामिक विद्यालयका ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212