बझाङमा प्रहरीद्वारा गाँजा फँडानी

सेयर गरौं

बझाङमा प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी जागेश्वर भण्डारी आएसंगै गाँजा फडानी अभियान थालिएको हो । लागु औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत शनिबार जिल्लाको सार्वजनिक स्थलमा भएको गाजा फडानी गरीएको प्रहरीले जनाएको छ ।

गाँजा लागुऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान थालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले सम्म बझाङका बुङ्गल,थलारा,बित्थडचिर मष्टा, दौलिचौर,केदारस्यु खप्तडछान्ना र तलकोटमा सार्वजनिक स्थानमा आफै उम्रेका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यलय बझाङ को टोलि ले फडानी गरी नष्ट गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1059