डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते भएका ८ जनाको पहिचान खुल्यो

सेयर गरौं

डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते भएका ८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा अमरगढी नगरपालिका –१ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउँपालिका –२ का चित्रा मल्ल, गन्यापधुरा –३ का बाटु भुल र नवदुर्गा गाउँपालिका –३ का शारदा पन्त (उप्रेती) रहेका छन । 

यस्तै गन्यापधुरा गाउँपालिका –२ का पशुपति मल्ल, जनक मल्ल र जीप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनालाई रिफर गर्ने तयारी गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । 

आइतबार दिउँसो डोटीको दीपायलबाट डडेल्धुरातर्फ आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा दुर्घटना भएको थियो । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1060