११ बैशाख २०८२, बिहीबार

केदारस्युँ गाउँपालिकामा आपतकालिन बाल काेष संचालन कार्यविधि निर्माण कार्यशाला गाेष्ठी कार्यक्रम सम्पन्न
पवन बोहरा बझाङ,
बझाङको केदारस्युँ गाउँपालिकामा आपतकालिन बाल काेष संचालन कार्यविधि निर्माण कार्यशाला गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे छ।
वल्ड भिजन इन्टरनेशनल नेपालकाे सहयाेगमा प्रगतिशील युवा समाजकाे आयाेजनामा आईतबार केदारस्युँ गाउँपालिकामा आपतकालिन बाल काेष संचालन कार्यविधि निर्माण कार्यशाला गाेष्ठि कार्यक्रम सम्मपन्न गरेकाे हाे ।
केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष मनिषा धामीकाे अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएकाे हाे । कार्यक्रमका प्रमुख अथिति केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाेहरा रहनु भएकाे थियाे ।
स्वागत तथा बाल स्पाेन्सर सम्बनधी प्रगतिशील युवा समाजका फिफ्ड अधिकृत दिनेश खड्काले गर्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रगतिशील युवा समाजका कार्यक्रम अधिकृत बिनाेद थापाले आपतकालिन बाल काेष संचालन कार्यविधि बारे जानकारी गराउनु भएकाे हाे । उहाँका अनुसार आपतकालि बाल बाेष सन्चालन गरियाे भने आपतकालिन तथा जाेखिम अबस्थामा रहेका वालवालिकालाई उद्दार गरिने । आपतकालिन तथा जाेखिम अबस्थामा रहेका वालवालिकालाई राहत उपलब्ध गरिने । आपतकालिन तथा जाेखिम अबस्थामा रहेका वालवालिकाला परिवारिक पुर्नस्थापना गरिने । आवश्यक मनाेसामाजिक परामर्श तथा स्वास्थ्य उपचारमा सहयाेग गरिने जस्ता उद्देश्य कार्यक्रममा बताउनु भयाे । सङ्गै याे आपतकालिन बाल बाेष सन्चालन गरियाे भने सन्चालक समितिले गर्न नहुने काम हरूकाे पनि जानकारी गराउनु भयाे । जस्तै काेषकाे रकम हिनामिना गर्न वा काेषकाे उद्देश्य बिपरित समितिका कुनै सदश्य वा अन्य कुनै ब्यक्तिलाई लगानी गर्न नपाईने बताउनु भयाे । कार्यक्रम सन्चालन भने प्रगतिशील युवा समाजकि सामाजिक परिचाल शान्ति भण्डारीले गर्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अथिति तथा केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाेहराले पालिकामा आपतकालिन बाल काेषकाे आवश्यक रहेकाे र कार्यपालिकाकाे बैठेक अनुसार तत्काल कार्यबिधि निर्माण गर्ने बताउनु भयाे ।