थलारा गाउँपालिकाले गर्‍यो स्थानीय भाँडादर निर्धारण

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाले स्थानीय भाँडादर निर्धारण गरेको छ । आइतबार स्थानीय भाँडादर निर्धारण समितिका संयोजक इन्जिनियर संगीत रोकायाको अध्यक्षतामा बसेको बैठकले स्थानीय भाँडा दर निर्धारण गरेको हो ।

थलारा गाउँपालिका बझाङ अन्तर्गतका विभिन्न ग्रामीण सडकहरूको अवस्था स्थानीयको दूरी इन्धनको अस्थिरता मुल्य तथा यात्रुहरूको मुल संख्या सम्बन्धि यातायात व्यवसायीहरूको गुनासो आदि विषयहरूमाथी छलफल गरि भाँडादर निर्धारण गरिएको समितिले जनाएको छ ।

आइतबार निर्धारण गरेको भाँडादर अनुसार झनाना घोडादाउँना सडक अर्थात् खप्तड पर्यटन मार्गको झनाना देखि थलारा गाउँपालिका- ६ को वडा कार्यालयसम्म २ दशमलव ३३ किमिको भाँडा रु ५०, झनानादेखि सेरालागाउँ ३ दशमलव २ किमिको भाँडा रु १ सय , झनानादेखि मुग्राधारा ३ दशमलव ६ किमिको भाँडा १ सय २५ ,झनानादेखि गुगै ४ दशमलव १ किमिको भाँडा रु १ सय ५०, झनानादेखि देबस्थली ५ दशमलव ३ किमिको भाँडा रु १ सय ७५ , झनानादेखि उखाडी ५ दशमलव ९ किमिको भाँडा रु २ सय झनानादेखि खौला ७ दशमलव १ किमिको भाँडा रु २ सय २५ , झनानादेखि माडौँकाट्ने ७ दशमलव ७ किमिक ‍भाँडा रु २ सय ५० , झनानादेखि घोडादाउँना र अदुकाली ९ दशमलव ७ किमिको भाँडा रु ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै झनाना पातिहाल्ना सडक अन्तर्गत झनानादेखी खोली ४ दशमलव ५ किमिको भाँडा रु १ सय ५० , झनानादेखि सेडिधारा ५ दशमलव २ किमिको भाँडा रु १ सय ७५ , झनानादेखि कुनाखेता ६ दशमलव १ किमिको भाँडा रु २ सय , झनानादेखि दुवाली ७ दशमलव ९ किमिको भाँडा रु २ सय ४० , झनानादेखि ठिंगाल लेख ८ दशमलव ७ किमिको भाँडा रु २ सय ७५ , झनानादेखि पाराकाट्ने १२ किमिको भाँडा रु ३ सय ५० , झनानादेखि जाम्बाज १३दशमलव ८ बिमिको भाँडा रु ३ सय ७० , झनानादेखि देवलबाझ १५ दशमलव ५ किमिको भाँडा रु ३ सय ८५, झनानादेखि गडिगाउँ १९ दशमलव ३ किमिको भाँडा रु ४ सय १० , झनानादेखि महेन्द्रधार २१ किमिको भाँडा रु ४ सय २५ , झनानादेखि ठिङ २४ किमिको भाँडा रु ४ सय ७५ , झनानादेखि बगाडा २६ किमिको भाँडा रु ५ सय निर्माण गरिएको छ । भने झनानादेखि कुच ४ दशमलव ७ किमिको भाँडा रु १ सय ५०, झनानादेखि बायल ६ दशमलव १ किमिको भाँडा रु २ सय १० , र झनानादेखि दिपिल ९ किमिको भाँडा रु ३ सय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
5
+1
12
+1
0
+1
4
+1
5
पदम खड्का
पदम खड्का
Articles: 201