३ फाल्गुन २०८१, शनिबार

आइतबार थलारा गाउँपालिकाका ६ सय बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइयो
बझाङको थलारा गाउँपालिकामा आइतबार ६ सय ४० जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।
थलारा गाउँपालिकाका १० वटा विद्यालयका ५ देखि ११ वर्ष उमेर समुहका ३ सय ८३ छात्र र २ सय ५३ छात्रालाई कोरोना विरुद्धको पि फाइजर खोप लगाइएको हो ।
थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर ओलीले दिनु भएको जानकारी अनुसार थलारा माध्यमिक विद्यालय खोलीमा ७३जना, खापर आधारभूत विद्यालय बगाडामा १ सय जना, तेडी प्राथमिक विद्यालय वडा नम्बर १ मा ५८ जना, नवरत्न प्राथमिक विद्यालयमा १७ जना ऐइश्वर्य प्राथमिक विद्यालय मोयलमा २३ जना, पूर्णचन्द्रदय माध्यमिक विद्यालय कुलाकाट्ने मा ४० जना खप्तड आधारभूत विद्यालय अदुकालीमा ३३ जना, कालिका प्राथमिक विद्यालय बिस्खेतमा ३५ जना, भुवनेश्वरी प्राथमिक विद्यालय ठिङमा ३८ जना, र प्रगतिशील आधारभूत विद्यालय वडा नम्बर ९ मा ४३ जना बालबालिकालाई खोप लगाइएको छ ।
त्यस्तै बाँकी रहेको बालबालिकालाई निरन्तर खोप लगाइने प्रमुख ओलीले बताए ।