धनगढीमा लागू औषधसहित बझाङका एक व्यापारी पक्राउ

सेयर गरौं

कैलालीको धनगढीमा लागू औषधसहित एक व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो।

त्यसपछि उनले लुकाई छिपाई राखेको १ किलो लागू औषध चरेस फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1259