११ बैशाख २०८२, बिहीबार

बझाङमा लाग्ने चर्चित बिर्सती मेलामा १ लाखबढी धनराशिको भलिबल प्रतियोगिता हुने , कहिले देखि सुरु हुन्छ मेला ?
शिवजी मण्डेल,बझाङ
बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेलामा भलिबल र देउडा प्रतियोगिता हुने भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि सुदूरपश्चिमकै चर्चित बिर्सतीमा हुन नसकेको थिएन । यो वर्ष भने भव्यताका साथ बिर्सती मेलामा साँस्कृतिक तथा भलिबल देउडा कार्यक्रम हुने भएको हो ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका ६ र दुर्गाथलि गाउँपालिका-७ को विच केन्द्रविन्दु थलिजिउला बिसौना चौरमा भदौ १८ गतेबाट सुदूरपश्चिमकै चर्चित बिर्सती मेला सुरु हुन्छ । १८ गतेदेखि सुरु भएको मेलाको पुजाआरधना २० गते सम्पन्न हुन्छ भने त्यसपछि पुजाआरधना सम्पन्न भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरिन्छ ।
यो वर्ष बिर्सती मेलामा १ लाख बढी धनराशिको पुरुष भलिबल प्रतियोगिता हुँदैछ भने ३० हजार बढी धनराशिको महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
पुरुष भलिबल तर्फ प्रथम पुरस्कार :रु १लाख २०हजार ९सय २०, द्रितीय पुरस्कार :रु५० हजार ९सय २०,
तृतीय पुरस्कार :रु २५ हजार ९ सय २०, र
सान्त्वना पुरस्कार :रु१०हजार ९ सय २०, रहेको छ, भने टिम दर्ता शुल्क ३ हजार रहेको छ ।
महिला तर्फ भलिबल प्रतियोगितामा प्रथमलाई ३० हजार ९ सय २०,द्रितीयलाई १५ हजार ९ सय २०,तृतीयलाई १० हजार ९ सय २०, र
सान्त्वनालाई ५ हजार ९ सय २० पुरस्कार रहेको जनाइएको छ, भने
टिम दर्ता शुल्क :रु १ हजार १ सय तोकिएको छ ।
त्यस्तै मेलामा महिला पुरुष देउडा प्रतियोगिता पनि हुनेभएको छ । देउडा खेलाडीलाई पुरस्कार तोकिएको छैन , सबैलाई सम्मान गरिने आयोजक कमिटीले जनाएको छ ।
स्थानीयहरूले भने साँस्कृतिक कार्यक्रम नराखेको बन्दै ,साँस्कृतिक कार्यक्रम गरिनुपर्ने माग राखेका छन् । अहिले सामाजिक संजाल फेसबुकमा बिर्सती मेलामा साँस्कृतिक कार्यक्रम नराखेको भनी किटाटिप्पणी त्यो क्षेत्रका स्थानीयहरूले गरेको देखिन्छ । यता आयोजक समितिले भने पहिला दोहोरी कार्यक्रम राखिने भएपनि विवाद बढि हुने भएकाले यो बर्ष नराखेको बताएको छ । त्यहाँका स्थानीयहरूले भने बिर्सती मेलामा कलाकारहरू ल्याएर महोत्सव बनाउन सके राम्रो हुने बताउने गरेका छन् ।
जति लामोसमय सम्म मेला टिकाउन सकिन्छ त्यतिनै आयस्तरमा वृद्धि हुने त्यो ठाउँका व्यापारीहरू बताउँछन्
चर्चित बिर्सती मेला महालिङ्ग , दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया भक्तजनहरूले परम्परा कालदेखिनै मनाउँदै आएको हुन् ।
महालिङ्गका पुत्र पाठपाला देउताले बाटो बाटोमा गोरु गोठाला सँग चौतारी चिन्दै मठमन्दिर बनाउँदै गर्दा एउटी बुढीले के गरेको यो भनेको किंवदन्ती रहेको त्यहाँका बुढापाखाहरू बताउने गरेका छन् ।
त्यसपछि त्यहीँ बुढीले त्यति शक्तिशाली भए जुम्लाको सिजाका राजालाई चिन्न लगा भनेको र पाठपाला देउताले राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याइएको खुसियालीमा लेकगाउँ गाउँका लेकालले र बझाङ जिल्ला लगाएत अन्य जिल्लाका करियाहरूले भदौ १८ गतेबाट २० गतेसम्म पूजाआराधाना मागल देउताका फाग चाभाइ खेल्दै बिर्सती मेला मनाउने गरेको किंवदन्ती रहेको छ ।
कसरी रह्यो मेलाको नाम बिर्सती ?
भदौ १८ र १९ गते पूजा आराधनाका लागि सम्पूर्ण तयारी गरी २० गतेबाट पूजा तथा मेला भव्य रूपले शुरू हुने गर्दछ । भदौ २० गतेबाट मेला लाग्ने भएकाले यस मेलाको नाम बिर्सती भन्न थालिएको पुर्खाको भनाइ छ ।
मेला अवधिभर जुवातास र जाड रक्सी बन्दरिने भएको छ । मेलाको समयमा पुर्वमा डाेलापातल पश्चिमा मसान्तधार उत्तरमा बेलढुङ्गा ल्वाडापातल र दक्षिणमा तल्लाे मसान्तधार जिउला भिडा यी चार किल्ला भित्र जाड रक्सी सेवन गरेकाे पाइएमा बिसाैना प्रहरी चाैकि सहयोग लिएर कारबाही गरिने बिर्सती मेला आयोजक कमिटीले जनाएको छ । मेलामा समितिको निर्णयको अवज्ञा गरेको भेटिएमा
जाडरक्सि खाएर होहल्ला गर्नेलाइ २ हजार ५ सय, बिक्रीवितरण तथा ओसारपसार गर्नेलाई ५ हजार , जुवातास खेल्नेलाई ५ हजार र जुवातास खेलाउनेलाई १० हजार जरिवाना तोकिएको छ ।