सुदूरपश्चिममा मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा ५५ उजुरी

सेयर गरौं

सुदूरपश्चिम प्रदेशबाट मिटरब्याजी ठगीसम्बन्धि का ५५ वटा उजुरी परेका छन् । देशभरबाट मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा एक हजार नौ सय बढीले उजुरी परेका छन । सोमबार गृहमन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाटका क्रममा गृहमन्त्री बालकृष्ण खाणले सुदूरपश्चिम प्रदेशबाट ५५ वटा उजुरी परेको बताए । 

देशभरबाट मिटरब्याजी ठगी सम्बन्धी समितिमा १ हजार ९ नौ ३७ उजुरी परेको छ । 

मन्त्री खाणका अनुसार सुदूरपश्चिम प्रदेशबाट ५५ वटा , लुम्बिनी प्रदेशबाट २११ वटा, प्रदेश १ बाट ९२ वटा, मधेस प्रदेशबाट १३३० वटा, बागमती प्रदेशबाट २०२ वटा, गण्डकी प्रदेशबाट ३५ वटा, कर्णाली प्रदेशबाट २३ वटा र सुदूरपश्चिम प्रदेशबाट ५५ वटा उजुरी परेका छन् । समितिमा परेको उजुरीमाथि सरकारले छानविन शुरु गरेको मन्त्री खाणले जानकारी दिएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1339