७ माघ २०८१, सोमबार
बझाङको थलारा गाउँपालिका अध्यक्ष रोकाया वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै
बझाङको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहनुभएको छ ।
बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकबाट टाढा रहेका वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिन लागेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सहज बनाउनका लागि वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिन लागेको हो ।
सोमबार थलारा गाउँपालिका अध्यक्ष रोकाया कुमारी बैंक थलाराका प्रतिनिधि र सुरक्षाकर्मीको टोलीले वडा नम्बर ९ को वडा कार्यालय मालुमेलामा गएर सामाजिक सुरक्षा भत्ताको तेस्रो त्रैमासीक किस्ता वितरण गरेको छ ।
वडा नम्बर ९ मालुमेलाबाट थलारा खोलीमा रहेको कुमारी बैंक शाखाबाट भत्ता बुझ्नुपर्दा वृद्धवृद्धा लगायतका सेवाग्राही मर्कामा परेका थिए ।
वडामै भत्ता पुगेपछि वडा नम्बर ९ का सेवाग्राही खुसी भएका वडाध्यक्ष लोकेन्द्र बिष्टले बताउनुभयो ।
त्यस्तै थलारा गाउँपालिकाका वडा नम्बर १,२ , र ४ पनि कुमारी बैंक खोलीबाट टाढा रहेकाले ती वडाहरूमा पनि वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष रोकायाले बताए ।
थलारा गाउँपालिकाको निति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाउने उल्लेख गरिएको छ । कुमारी बैंक खोली नजिक रहेका वडा नम्बर ३,५, ६, ७, ८, लाई कुमारी बैंक शाखा खोलीबाट र बैंकबाट टाढाको रहेका वडा नम्बर १,२,४,र ९ नम्बर वडाका लागि वडामा कार्यालयमै गएर भत्ता वितरण गरिन लागेको अध्यक्ष रोकायाको भनाइ छ ।
वडा नम्बर ९ मा भत्ता वितरण भइसकेको र क्रमशः १,२,४ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष रोकायाले थलारा खबरलाई जानकारी दिए ।