७ चैत्र २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ बझाङ शाखाले दिदै आएको जयपृथ्वी पत्रकारिता पुरस्कार रोकाया र जनमुखी एफएमलाई प्रदान
नेपाल पत्रकार महासंघ बझाङ शाखाले दिदै आएको जयपृथ्वी पत्रकारिता पुरस्कार वितरण गरिएको छ । राष्ट्रिय विभुति तथा मानवतावादी व्याक्तित्व जयपृथ्वीबहादुर सिंहको १४६औँ जन्म जयन्ती ‘मानवतावाद जयपृथ्वी र अवको यात्रा’ विषयक गोष्टी तथा पत्रकार सम्मान र पुरस्कार बितरण कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हाे ।
पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले गत वर्षबाट जिल्लामा निरन्तर कार्यरत पत्रकार र सञ्चार माध्यमलाई दिने गरेको जयपृथ्वी पत्रकारिता पुरस्कार यस वर्ष काम, कर्तव्य र उत्कृष्ट मुल्याङ्कनका आधारमा नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष तथा जिल्लाबाट रेडियो नेपालमा कार्यरत पत्रकार जगदिस रोकाया र बझाङ जिल्लामा ६ वर्षदेखी निरन्तर सञ्चालित सामुदायिक रेडियो रेडियो जनमुखी एफएम ९७ मेगाहर्जलाई प्रदान गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ बझाङका सस्थापक सचिव नरेश खड्काको सम्झनामा प्रदान गरिदैं आएको नरेश स्मृती पत्रकारिता पुरस्कार सामुदाएक रेडियो रेडियो थलारा ९३.० मेघाहर्जका प्रवन्ध निर्देशक पदम खड्का र साईपाल एफएममा कार्यरत पत्रकार तरुणा जोशीलाई दिएको छ ।