६ आश्विन २०८०, शनिबार

थलारा गाउँपालिकामा स्थानीय खाद्य अधिकार संजालको लबी बैठक सम्पन्न
बझाङको थलारा गाउँपालिकामा फियान नेपालको आयोजनामा लबि बैठक सम्पन्न भएको छ ।
मानव अधिकारवादी संस्था फियान नेपाल र स्थानीय खाद्य अधिकार संजालले गाउँपालिकामा दस्तावेज गरेमा सवालहरूमा छलफल गर्न बैठक बसेको हो ।
संजालले बजार अनुगमन समिति गठन गर्न पैरवी गर्न र विपद व्यवस्थापनको लागि पुर्वतयारी सम्बन्धि छलफल गर्न लबि बैठक बसेको फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले जानकारी दिनुभयो ।
फियान नेपाल र स्थानीय खाद्य अधिकार संजालले थलारा गाउँपालाकामा दस्तावेज गरेका बजार अनुगमन नहुँदा उपभोक्त मारमा परेको , सडिल जिउँला सिचाइ कुलो निर्माण, बादरको आतंक र विपद व्यवस्थापन पुर्वतयारी सम्बन्धि सवालमा भएका माग मध्ये छिटोभन्दा छिटो बजार अनुगमन गर्ने पालिकाले जनाएको छ ।
त्यस्तै बादरले बालीनाली तरकारी नष्ट गरेको हुँदा ३० थान दशैंभन्दा अगाडि बादर तर्साउने बन्दुक खरिद गर्ने र विपद व्यवस्थापनको लागि राहत सामाग्री खरिद गरेर आवश्यकता अनुसार वितरण गर्ने गाउँपालिका र आफूहरूले निर्णय गरेको फियान नेपालकि फिल्ड अधिकृत सिंहले बताइन् ।
बैठक स्थानीय खाद्य अधिकार संजालको संयोजक इन्द्र कडायतका अध्यक्षतामा र थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यततामा भएको थियोे । बिशिष्ठ अतिथि उपाध्यक्ष रामबहादुर खाती , अतिथि प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित प्रगतिशील युवा समाजका बलबहादुर ओड लगायत अन्य रहनु भएको थियो ।