केदारस्युँ गाउँपालिकामा पढाइ मेला कार्यक्रम सम्पन्न

सेयर गरौं

पवन बोहरा, बझाङ

बझाङको केदारस्युँ गाउँपालिकाका विभिन्न विद्यालयमा प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझेदारीमा सन्चालित शिक्षा परियोजना अन्तर्गत पढाई मेला कार्यक्रम सम्पन्न भएकाे छ ।

केदारस्युँ गाउपालिका वडा न ३ स्थित नमादेउ माध्यामिक बिध्यालय भाडिकाेट र वडा न ८ स्थित कैलाश माध्यामिक विद्यालयमा पढाई मेला कार्यक्रम सम्पन्न भएकाे हो ।

केदारस्युँ गाउँपालिका वडा न ८ कैलाश माध्यामिक विद्यालय लाेतुमा केदारस्युँ गाउँपालिका वडा न ८ का वडा अध्यक्ष शुरेस जेठाराकाे अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोे ।

प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा मा सन्चालित शिक्षा परियोजना अन्तर्गत पढाइ मेला कार्यक्रममा प्रमुख अथिती केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहरा रहनु भएको थियो ।
पढाइ मेला कार्यक्रममा वडा भरिका आधारभुत विद्यालय सहभागी भएका थिए । पढाइ मेला कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएकाे हाे ।
पढाइ मेला कार्यक्रम गर्नुकाे खास उदेश्य भनेको बालबालिकाकाे लागि जीवनस्तर सुधार गर्नकाे लागि,वालपालिकाकाे क्षमता अभिवृद्धि काे लागि कार्यक्रम गरिएकाे प्रगतिशील युवा समाजका फिफ्ड अधिकृत दिनेश खड्काले बताउनु भयाे ।
उहाका अनुसार कार्यक्रममा शिक्षक, विद्यार्थी ,जनप्रतिनिधि ,अभिभावक,समाजसेवी बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35