२८ आश्विन २०८१, सोमबार
नरेश खड्का स्मृति पत्रकारिता पुरस्कारले दोस्रो पटक सम्मानित भएका पत्रकार खड्का को हुन ?
बझाङ , भदौ ९ ,
नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकार पदम खड्कालाई नरेश खड्का स्मृति पत्रकारिता पुरस्कारले दोस्रो पटक सम्मान गरेको छ । पत्रकार महासंघ बझाङ शाखाका तत्कालिन सचिव नरेश खड्काको घरवाट चैनपुर जाने क्रममा पानकोटमा माथिवाट खसेको ढुंगा टाउकोमा लागेर घाइते भएका थिए । महासंघको पहलमा हेलीकप्टर मार्फत काठमाण्डौ लगिएपनि उनलाई बचाउन सकिएको थिएन । उनको स्मृतिमा पुरस्कार स्थापना गरि पत्रकार महासंघ जिल्ला शाखा बझाङले योगदानको आधारमा २०७८ देखि दुई जना पत्रकारलाई वितरण गर्दै आएको छ ।
मानवतावादी ब्यक्तित्व एवं राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहको १४६औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा यो बर्षको पत्रकारिता पुस्कार वितरण गरेको हो । शाखाले यो बर्ष मानवतावाद जयपृथ्वी र अबको यात्रा विषयक विचार गोष्ठी राखेको थियो । जसमा विभिन्न ब्यक्तित्वले आफ्ना धारणा राखेका थिए ।
पत्रकार महासंघ बझाङ शाखाले एक जना पत्रकार र एक संस्थालाई सम्मान गर्ने जयपृथ्वी पुरस्कारले यो बर्ष पत्रकार जगदिश रोकायालाई र जनमुखि एफ एम लाई सम्मान गर्यो भने दुई जना पत्रकारलाई दिइने नरेश स्मृति पत्रकारिता पुरस्कारले तरुणा जोशी र पदम खड्कालाई सम्मान गर्यो । विभिन्न क्षेत्रमा पुर्याएको योगदानको आधारमा पुरस्कार विदईएको महासंघले जनाएको छ । गत वर्ष नरेश स्मृति पत्रकारिता पुरस्काले सम्मान गरिएका पदम खड्कालाई यो वर्ष पनि सम्मान गरिएको छ ।
को हुन नरेश खड्का स्मृति पत्रकारिता पुरस्कारले दोस्रो पटक सम्मानित पत्रकार पदम खड्का ?
पत्रकार पदम खड्काको जन्म २०३७ साल ४ महिना १३ गते थलारा गाउँपालिका वडा नम्वर ८ साविक कोइरालाकोट गा वि स वडा नम्वर ४ डाडा गाउँमा बुवा गिरी खड्का र आमा लालमती देवी खड्काको कोख वाट भएको थियो । गाउँको कालिका प्राथमिक विधालयवाट ५ कक्षा पास गरेका खड्काले २०५३ मा थलरा माध्यामिक विधालयवाट एस.एल.सि २०५६ मा सिद्धनाथ बहुमुखि क्याम्पस महेन्द्र नगर कञ्चनपुर वाट आई.ए. र २०६७ सालमा थलारा बहुमुखि क्याम्पस खोलीबाट वि.एड.पास गर्नु भएको थियो ।
२०५७ सालमा सिद्धनाथ बहुमुखि क्याम्पस महेन्द्र नगरमा अध्ययन गर्दै गर्दा चुरे टाइम्स भन्ने दैनिक पत्रिकाको रिपोर्टर भइ उनले पत्रकारिता सुरु गर्नु भएको थियो । अखिल क्रान्तिकारि इकाइ कमिटि सिद्धनाथ बहुमुखि क्याम्पसले निकाल्ने राको पत्रिकाको उहाँ सह सम्पादक पनि हुनुभयो । नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रभाव बढ्दै जादा देशमा संकटकाल घोषणा भयो । उनले क्याम्पसको पढाइ छोडी जनयुद्धमा लाग्नु भयो । जनयुद्धमा लागे पनि उनले पत्रकारिता छोड्नु भएन । उनले युद्ध पत्रकारीताका माध्यामवाट जनताका आवाजहरु वकालत गरी रहनु भयो । उनी भारतको दिल्लीमा जानु भयो । प्रवासी संगठनमा आबद्ध भै परिवर्तनकोलागि लड्नु भयो ।
नेकपा माओवादी निकट मानिने जनादेश साप्ताहिकको कार्यालयमा वसी काम गर्नु भयो ।
युद्धको आवश्यकता अनुसार उनी २०६० सालमा नेपाल फर्कीनु भयो । सेती महाकाली राज्य समिति द्धारा सञ्चालित रेडियो जनगणतन्त्र नेपालको रिपोर्टिङ सम्पादक भएर काम गर्नु भयो ।
२०६२/०६३ को जनआन्दोलले नेपामा शान्ति बार्ता मार्फत नेकपा माओवादी शान्ति वार्तामा आएपछि खड्का बझांङ जिल्लामा आएर जनादेश साप्ताहिक र जनदिशा दैनिकको जिल्ला रिपोर्टर भइ काम गर्नु भयो भने नेपाल क्रान्तिकारी पत्रकार संघको जिल्ला अध्यक्ष बन्नु भयो ।
त्यति खेर नेपाल पत्रकार महासंघको बझाङ शाखा थिएन । बाजुरा र बझाङ मिलाएर एउटा शाखा बनाइएको थियो । बझाङमा कम पत्रकार भएका कारण छुट्टै शाखा बनाउन सकिएको थिएन पदम खड्का लगायतका क्रान्तिकारी पत्रकारहरुको सहयोगमा नेपाल पत्रकार महासंघ बझाङ गठन गर्न पहल गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बझाङ तदर्थ समितिको सचिव हुदै २०६४ माघ ८ गते भएको पत्रकार महासंघ बझाङ शाखाको प्रथम जिल्ला अधिवेशनले खड्कालाई जिल्ला सचिव पदमा निर्वाचित गरेको थियो ।
त्यस पछि पनि उनले सेम आवाज नेपाल टेलिभिजन लगायतका सञ्चार माध्याममा रहि काम गर्नु भयो ।
२०७३ मा भएको पत्रकार महासंघ बझाङको चौथो जिल्ला अधिवेशनवाट केन्द्रीय सभासदमा निर्वाचित हुनु भएको थियो ।
लामो समय देखि पत्रकारीताको अनुभव समेटेका पत्रकार खड्काले मोफसलमा सञ्चार माध्यामवाट जनतालाई सुशिक्षित पार्ने उद्देश्यले २०७७ मा आफ्नै पहलमा जिल्लाको थलारा गाउँपालिकामा रेडियो थलारा स्थापना गर्नु भयो र हाल रेडियो थलाराको प्रबन्ध निर्देशक भै काम गरि रहनु भएको छ ।