थलारा गाउँपालिका अध्यक्ष रोकायाको टोली वडा नम्बर १ मा पुगेर भत्ता वितरण गर्दै

सेयर गरौं

शिवजी मण्डेल , बझाङको थलारा गाउँपालिकाको टोली आज वडा नम्बर १ मा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि टाढाका वडाका सेवाग्राहीलाई मर्का पर्न थालेपछि सहजताका लागि वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिन लागेको हो ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया , उपाध्यक्ष रामबहादुर खाती, पालिकाका विषयगत शाखा प्रतिनिधि र कुमारी बैंक थलारा शाखा प्रतिनिधि वडा नम्बर १ को वडा कार्यालयमै पुगेर तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरणको कार्य भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो ।

वडा नम्बर १ बाट थलारा खोलीमा रहेको कुमारी बैंक शाखाबाट भत्ता बुझ्नुपर्दा वडा वासी वृद्धवृद्धा लगायतका सेवाग्राहीलाई मर्कामा परेका थिए । वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न अध्यक्षको टोली पुगेपछि सेवाग्राहीलाई खुसी भएका छन् ।
यसभन्दा अघि गाउँपालिकाको टोलीले वडा नम्बर ९ मा पुगेर भत्ता वितरण गरिसकेको छ ।

त्यस्तै थलारा गाउँपालिकाका वडा नम्बर २ , र ४ पनि कुमारी बैंक खोलीबाट टाढा रहेकाले ती वडाहरूमा पनि वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष रोकायाले बताए ।

थलारा गाउँपालिकाको निति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाउने उल्लेख गरिएको छ । कुमारी बैंक खोली नजिक रहेका वडा नम्बर ३,५, ६, ७, ८, लाई कुमारी बैंक शाखा खोलीबाट र बैंकबाट टाढाको रहेका वडा नम्बर १,२,४,र ९ नम्बर वडाका लागि वडामा कार्यालयमै गएर भत्ता वितरण गरिन लागेको अध्यक्ष रोकायाको भनाइ छ ।
वडा नम्बर १ मा भत्ता वितरण भइसकेको र क्रमशः ,२,४ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष रोकायाले थलारा खबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
6
+1
3
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212