३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकाको तीज विशेष कार्यक्रम सम्पन्न
शिवजी मण्डेल ,बझाङ !
बझाङको थलारा गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा थलारा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको तीज विशेष कार्यक्रम विविध कार्यक्रम गर्दै शनिबार सम्पन्न गरिएको हो ।
एकदिने तीज विशेष कार्यक्रम शनिबार थलारा गाउँपालिका -५ स्थित थलारा माध्यमिक विद्यालयको प्राङ्गणमा हाम्रो पहिचान र सान देउडा खेल प्रतियोगिता, सडक नाटक , र नृत्य प्रतियोगिता गरिएको छ ।
देउडा प्रतियोगितामा थलारा गाउँपालिका भित्रका ९ वटा टिमको सहभागीता रहेको थियो । त्यसपछि सहभागी दुई समुह बीच खुट्टाको चालमा अगाडि बढ्न सुरुमा हात जोडेर पंक्तिबद्ध भएका देउडा खेलाडीहरूले खेल सुरु हुने बित्तिकै देब्रे खुट्टालाई एक पाइला अगाडि हाल्दै दायाँ खुट्टालाई आधा पाइला यसरी सबैले एकै तालमा खुट्टा हानेर अगाडि बढ्दै फन्का लगाई देउडा खेल खेलेका थिए । देउडा खेल निकै रोचक अनि घम्साघम्सी भएको थियोे । कार्यक्रममा सहभागी सबै जना देउडा हेर्नमा मख्ख थिए आफ्नो रोदनहरू सबले भुलेर रमाइ रहेका देखिन्थे । नरमाउन पनि कसरी दिनहुँ को घरयासी काम र आफ्नो कार्यमा मात्रै व्यस्त हुने आम जनसहभागी दर्सकहरू । यसरी नै तीज मनाउनु पर्छ भन्ने जस्तै गीतहरूमा घम्साघम्सी हुँदै देउडा खेल सम्पन्न भएको थियोे ।
जसमा प्रथम कालिका स्वास्थ्य आमा समुह द्वितिय वडा नम्बर ९ का महिलाहरू र तृतीय वडा नम्बर ६ का महिलाहरू भएका थिए ।
पालिकाले प्रथम द्वितिय र तृतीय टिमलाई नगद पुरस्कार सहित प्रमाणपत्रले पुरस्कृत गरेको थियोे, भने सहभागी सबै टिमलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियोे । त्यस्तै उत्कृष्ट देउडा खेलाडी अमृता सुनार पनि नगदसहित प्रमाणपत्रले सम्मानित भएकी थिइन् ।
सडक नाटक र नृत्यमा सहभागी सबैलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको उपाध्यक्ष राम बहादुर खातीले बताए ।
मेलापात चुलो चौको र आआफ्नो कार्यमा व्यस्त रहेका महिला दिदीबहिनीहरूलाई एकदिन भएपनि खुसी दुःख साटासाट गर्न बाड्नका लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी सुम्निमा गिरीले बताइन् ।
तीज मनाउने नाममा नराम्रो क्रियाकलाप हुँदै आएकोमा नराम्रो क्रियाकलाप गर्न नहुने पनि उनी बताउँछिन् ।
थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा भएको उक्त तीज विशेष कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष प्रकाश रोकाया रहनु भएको थियोे ।
विशिष्ठ अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्ट , रहनु भएको थियोे , भने १ देखि ९ वडा सम्मका वडाध्यक्ष कार्यपालिका सदस्य, विभिन्न पार्टीका पार्टी प्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित वडा सदहरू शिक्षक , विभिन्न संघसंस्थाका प्रतिनिधि सुरक्षाकर्मी , पत्रकारहरू, अतिथि रहनु भएको थियोे ।
कार्यक्रम सञ्चालन थलारा गाउँपालिका कम्प्युटर अपरेटर हेमन्त चन्दले गरेका थिए ।
कार्यक्रममा पालिका भरिका स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियोे ।