१५ आश्विन २०८०, सोमबार

सडिल धार्मिक तथा सामाजिक विकास समुहको वार्षिक साधारण सभा एवं ग्रामीण समुदायको विकास विषयक विचार बिमर्श कार्यक्रम सम्पन्न
शिवजी मण्डेल, बझाङ !
बझाङको थलारा गाउँपालिका- ६ मा सडिल धार्मिक तथा सामाजिक विकास समुहको वार्षिक साधारण सभा एवं ग्रामीण समुदायको विकास विषयक विचार बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।
सडक धार्मिक तथा सामाजिक विकास समुहको प्रथम वार्षिक साधारण सभा सोमबार सडिल गाउँमा सम्पन्न भएको हो ।
समुहका अध्यक्ष मानबहादुर चौहानले समुदायको वार्षिक प्रतिवेदन तथा समुह खोल्नुको उदेश्य प्रस्तुत गर्नु भएको थियो ।
विश्वका कतिपय देशहरू विकासको चरमचुलीमा पुगिसकेका र त्यहीँ धर्तीमा रहेको हाम्रो देश नेपालका ग्रामीण समुदायका अधिकांश जनताहरूमा विकासको आधारमा सुसूचित नभई कहालीलाग्दो अवस्थालाई मध्यनजर गर्दै विकास प्रति जनचेतना जागरण गर्ने गराउने मुल लक्ष्य लिएर विकासका साँझा सवालहरू सामुहिक रुपमा उठाउँदै एकताका साथ विकासका कार्यमा जुट्न जुटाउन समुह स्थापना गरिएको अध्यक्ष चौहानले बताए ।
समुहले स्वास्थ्य, शिक्षा , कृषि ,वन, वातावरण तथा धार्मिक क्षेत्रको विकास गर्ने तर्फ सरकारी तथा गैरसरकारी संघसंस्था सँग आवश्यक साझेदारी गरेर काम गरिएको अध्यक्ष चौहानको भनाइ छ ।
समुहले आफ्नो पहिलो वार्षिक साधारणसभामार्फत शिक्षा क्षेत्रको विकास र बालबालिकालाई शिक्षातर्फ अग्रसर गराउन नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ ।
सडिल गाउँबाट थलारा माध्यमिक विद्यालयमा अध्यन गरि उत्कृष्ट अंक ल्याएर पास भएका रोशन कडायतलाई सम्मान गरिएको हो ।

वार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिथि विशिष्ठ अतिथि ,र अन्य अतिथिहरूले ग्रामीण समुदायको विकास विषयक विचार र शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रमका विशिष्ठ अतिथि थलारा गाउँपालिका वडा नम्बर- ६ का वडाध्यक्ष अनिल विष्टले सडक विकासको मेरुदण्ड भएको बताउँदै वडा भित्रका सडक नपुगेको वस्तीहरूमा सडक पुर्याउने, जनताको आवश्यकता अनुसार काम गर्ने र समुहलाई चाहिने आवश्यक सहयोग गर्ने बताउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले कार्यक्रममा बोल्दै स्वास्थ्य, शिक्षा, कृषिमा जोड दिएर काम गर्ने बताउनुभएको छ । कृषिनै हाम्रो प्रमुख पेशा हो , अहिले थलारा गाउँपालिकामा बादरको आतंक पढेर अन्नबाली नष्ट गर्ने यो ठाउँको प्रमुख समस्या रहेको र यो समस्यालाई मध्यनजर गर्दै ३० थान बादर धपाउने बन्दुक ल्याउने तयारीमा रहेको बताउनुभयो ।
त्यस्तै थलारा गाउँपालिका उत्पादित आलु बन्दा लगायतका तरकारीहरूलाई बजारीकरण गर्नमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै अध्यक्ष रोकायाले थलाराका विभिन्न ठाउँबाट तरकारी बजारसम्म पुर्याउदा लाग्ने भाँडा गाउँपालिकाले दिए बताएका हुन् ।
थलाराको शिक्षा चिन्ताजनक भएको अध्यक्ष रोकायाले बताउनुभएको छ । अभिभावकहरूले पढ्ने बालबालिकालाई मोबाइल फोन दिँदा शैक्षिक अवस्था चिन्ताजनक भएको बताएका हुन् ।
अभिभावकहरूले मोबाइल फोन बालबालिकालाई दिँदा पढाइमा भन्दा बढी मोबाइल ध्यान बालबालिकाले गर्ने हुँदा शैक्षिक गुणस्तर खस्किने अवस्था आएको छ । अभिभावकले बालबालिकालाई किताब काफी दिनु होस् मोबाइल फोन होइन भन्दै अनुरोध समेत गरेका थिए ।
समुहका अध्यक्ष मानबहादुर चौहानको अध्यक्षतामा र थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अनिल बिष्ट विशिष्ठ अतिथि रहनु भएको थियोे । कार्यक्रम सञ्चालन इन्द्र कडायतले गर्नु भएको थियोे ।