१० बुँदे मागसहित दलित भूमिअधिकार युनियन थलाराले बुझायो गाउँपालिका अध्यक्ष रोकायालाई ज्ञापनपत्र

सेयर गरौं

बझाङ, थलारा

दलित भूमिअधिकार युनियन थलाराले बुधबार थलारा गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । १४ मुक्त हलिया दिवसको सन्दर्भ पारी गाउँपालिका स्तरीय दलित भुमि अधिकार युनियन थलाराले गाउँपालिका अध्यक्ष प्रकाश रोकायालाई ज्ञापनपत्र बुझाएको हो ।
भुमिहिनलाई राज्यका तर्फबाट वितरण गरिने भुमिका सन्दर्भमा दलित भुमिहिन र कृषि वधुवा मजदुर मुक्तहलिया लाई पहिलो प्राथमिकतामा राखिनुपर्ने ,
अहिले पनि कृषिमा संलग्न हुन इच्छुक दलित भुमिहिन सुकुम्बासी र मुक्त हलियाहरूका लागि प्रति घरधुरी वर्षभर धान्ने कृषियोग्य जमिनको प्रवन्ध सहित मुक्तहलिया पुनःस्थापना नभएका वस्तीहरूमा एकीकृत वस्ती विकास आयोजना सिफारिस गरिनुपर्ने ,
तत्काल परदेश सरकारको समन्वयमा छुट मुक्त हलियाहरूको तथ्यांक संकलन गरि उनीहरूलाई वर्गीकृत परिचयपत्र प्रदान गरि पुनःस्थापनाको कार्यक्रम अगाडि बढाउनुपर्ने ,
हरेक मुक्त हलियाका सन्तानका लागि १२ कक्षासम्म निःशुुल्क शिक्षा सुनिश्चित गर्दै प्राविधिक शिक्षामा पहुँच वृद्धिगरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष रोकायाले ३ पुस्ता सम्म पनि जग्गा नदेखिएका सुकुम्बासी भूमिहीनलाई जग्गा दिने गरि गाउँपालिकाले भूमि आयोग सँग सम्झौता गरिसकेकाले त्यसको छिट्टै कार्यनयन गरिने बताउनुभयो । साथै पालिकाले २ जना दलित विद्यार्थीलाई प्राविधिक शिक्षा र टुहुरा बालबालिकालाई निःशुुल्क पठनपाठन गराउने निति लिएकाले धेरै माग सम्बोधन हुने बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा दलित भूमिअधिकार युनियनकर सुदूरपश्चिम महासचिव श्याम सुनारले बुधबार बझाङका जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिका गरि दुई स्थानीय तहमा र सुदूरपश्चिमभरि १८ पालिकामा ज्ञापनपत्र बुझाएको बताउँदै बुधबारदेखि भूमि जागरण यात्रा सुरु भइ १९ गते धनगढीमा सम्पन्न हुने जानकारी समेत गराउनु भएको थियोे ।
ज्ञापनपत्र स्थानीय दलित भूमिअधिकार युनियनकर सदस्य धन बहादुर नेपालीले पढेर सुनाउनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279