सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु

सेयर गरौं

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । 
 
पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ । सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।
 
गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन । यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गौरस मिसाएर तामाको भाँडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।
 
गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख साट्ने पनि गरिन्छ । गौरामा रोजगारीका लागि घरबाहिर रहेका घर फर्किन्छन् भने विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242