बझाङको थलारा गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु

सेयर गरौं

शिवजी मण्डेल, बझाङ !

बझाङको थलारा गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
थलारा गाउँपालिका-७ का गणेश सुनारकी ८ वर्षीया छोरी करिस्मा सुनारको घर नजिकै रुखमा रहेको अरिङ्गालले टोक्दा मृत्यु भएको हो ।

बिहीबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्ने क्रममा उनलाई अरिङगालले टोकेको थियोे ।
घाइते करिस्मालाई उपचारको लागि खोली लगिए पनि उनको उपचारको क्रममा मृत्युु भएको हो ।
अरिङगालको गोलो छुटेर घरभित्रै पसेको र घरका अन्य दुई सदस्य पनि घाइते भएको मृतकका बुबा गणेश सुनारले बताउनु भएको छ ।

घाइते हुनेमा सुनार कि श्रीमती नन्नु सुनार र छोरी एन्जीला सुनार रहेका छन् ।
अहिले उनीहरूलाई उपचारका लागि सदरमुकाम चैनपुरम लिने तयारी भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
31
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212