बझाङको सुर्मा गाउँपालिका ५ सैनगाउँमा १ लाख बढी धनराशिको क्रिकेट प्रतियोगिता हुने

सेयर गरौं

बझाङको सुर्मा गाउँपालिकामा हिन्दूहरूको महान चार्ड विजया दशमीको अवसरमा खुल्ला क्रिकेट प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
सुर्मा गाउँपालिका -५ मा साइन स्टार युबा क्लब सैनगाउँलेपुरुष खुल्ला क्रिकेट प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

हिन्दू धर्मावलम्बीहरूको महान पर्व विजया दशमीको अवसरमा १ लाखभन्दा बढी धनराशिको क्रिकेट प्रतियोगिता , महिला पुरुष देउडा प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम हुन लागेको बताइएको छ ।

प्रथम पुरस्कार १ लाख २ हजार ७९, द्वितिय पुरस्कार ४२ हजार ७९ रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्रको व्यवस्था रहेको आयोजक कमिटीले जनाएको छ । उक्त प्रतियोगितामा सहभागीता जनाउन चाहने इच्छुक टिमले असोज ८ गते भित्रै टिम दर्ता गरिसक्नुपर्ने आयोजक कमिटीले एक सूचना जारी गर्दै जानकारी गराएको छ । भने टिम दर्ता शुल्क ६ हजार तोकिएको छ

प्रत्येक म्याचमा म्यान अफ द म्याच म्यान अफद सिरिजका साथै उत्कृष्ट ब्याटम्यान्स बलरलाई पनि सम्मान गरिने भएको छ ।

देउडा प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान सहित पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

कार्यक्रम असोज ९ गतेदेखि ठिन्के गडा ( साइन टाउन ) सैनगाउँमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
2
+1
3
+1
3
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212