थलारा गाउँपालिकामा आत्महत्या रोकथाम सम्बन्धि र्‍याली तथा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा आत्महत्या दिवसको अवसरमा आत्महत्या रोकथाम सम्बन्धि र्‍याली तथा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल (UMN ) को आर्थिक सहयोगमा दलित सहयोग समाज र थलारा गाउँपालिका स्वास्थ शाखाको संयुक्त साझेदारीमा कार्यक्रम भएको हो ।

गाउँ समाजमा आत्महत्याका घटना वृद्धि हुँदै गएको र यसलाई नियन्त्रणमा हाम्रो भुमिका के हुन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको दलित सहयोग समाजकि एसएम् तारा धामीले बताउनुभएको छ ।

आत्महत्याका घटना बढ्नुको मुख्य कारण उदानशिलता गरिबी लैंगिक हिंसा बलात्कार र अशिक्षा रहेको कोटभैरव स्वास्थ्य चौकी प्रमुख भक्तराज पाण्डेले बताउँदै यस्तो क्रियाकलाप रोकथाममा जोड दिनुपर्ने बताए ।

आत्महत्या रोकथाम गर्नका लागि मानशिक समस्या भएका व्यक्तिहरूको मनोपरामर्श गर्ने , मानशिक समस्या भएकालाई पहिचान गरेर स्वास्थ्य संस्था वा तालिम प्राप्त व्यक्तिसंग ल्याएर परामर्श गरि उपचार गराउने , माया ममता दिने , सम्मानजनक शव्दको प्रयोग गरेर बोल्ने थलारा गाउँपालिका स्वास्थ्य शाखा सह प्रमुख जुन ऐर बताउनु भयो ।
कार्यक्रम गर्नु अघि आत्महत्या रोकथाम सम्बन्धित विभिन्न नारा लगाएर कोटभैरब स्वास्थ्य चौकिबाट खोलीसम्म र्‍याली निकालीएको थियोे ।

कार्यक्रममा UMN का प्रतिनिधि दलित सहयोग समाजमाका एसएम् संगीता बिक, विभिन्न संघसंस्थाका प्रतिनिधि स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारको सहभागीता रहेको थियोे ।

कार्यक्रम सञ्चालन दलित सहयोग समाजमाका एसएम् पुरन नेपालीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212