थलारा गाउँपालिकामा एकदिने स्थानीय उत्पादन संकलन तथा खरिदबिक्री व्यापार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा एकदिने स्थानीय उत्पादन संकलन तथा खरिदबिक्री व्यापार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएमएन् कलष्टर बझाङको आर्थिक सहयोगमा र प्रगतिशील युवा समाज सिर्जना परियोजनाको आयोजनामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय स्तरमा उत्पादित बस्तुको खरिदबिक्री गरि स्थानीय स्तरमा रोजगार तथा जिविकोपार्जनको अवसर सिर्जना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सिर्जना परियोजना कार्यक्रम अधिकृत बलबहादुर ओडले जानकारी दिए ।
उनका अनुसार स्थानीय स्तरमा थुप्रै बस्तु उत्पादन हुनेगरेको र त्यसको संकलन र बजारीकरण गर्न सके स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्न सकिनेछ।

अभिमुखिकरण कार्यक्रम थलारा गाउँपालिका भरका १८ जना प्रवासबाट फर्किएका युवा तथा तीनका परिवार सहभागी गरेका थिए । सहभागीलाई चार समुहमा बिभाजन गरि स्थानीय स्तरमा उत्पादन हुने वस्तु पहिचान उत्पादन हुने स्थान खरिदबिक्री गर्ने ब्यक्ति तथा संस्था र बिक्री हुने बजारको बारेमा जानकारी गराइएको थियोे ।

कार्यक्रमलाई युएमएन् बझाङ कलष्टर परियोजना व्यवस्थापक इन्द्रिरा राई र सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बलबहादुर ओडले सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा कोडेड परियोजना फिल्ड सुपरभाइजर गणेश पार्की र सिर्जना परियोजनाका फिल्ड सहजकर्ता नरदेव भण्डारी पनि सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270