२७ आश्विन २०८१, आईतवार
विद्युत बिग्रेपछि छबिस पाथिभेरा गाउँपालिका -७ नौरा घट्टेका स्थानीय अँध्यारोमा बस्न बाध्य
शिवजी मण्डेल, बझाङ !
बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ नौरा घट्टेका स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् ।
घट्टेखोला लघु जल विद्युत बिग्रिएपछि स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन ।
२ दिनदेखि विद्युत नआउँदा अँध्यारोमा बस्नु परेको छबिस पाथिभेरा गाउँपालिका -७ का नवीन मण्डेलले बताए ।
उनका अनुसार विद्युत नआउँदा लेखपढ गर्न मोबाइल फोन चार्ज गर्नमा समस्या निम्तिएको छ ।
अहिले विद्युत सेवा अवरुद्ध हुँदा नौरा , घट्टे गरि १ सय ५० भन्दा बढी सेवाग्राही अँध्यारोमा बसिरहेका छन् ।
विद्युतको मेसिनमा समस्या देखिएपछि विद्युत अवरुद्घ भएको घट्टेखोला लघु जल विद्युतका अध्यक्ष रंगशाला धामीले बताए ।
त्यस्तै आज भदौ २९ गते घट्टेखोला लघु जल विद्युत कार्य समितिको बैठक बसेको छ ।
अध्यक्ष धामीको अध्यक्षतामा बसेको बैठकले विद्युतको जेनेरेटर समस्या देखिएका कारणले यसलाई मर्मत सम्भार गर्नका लागि आर्थिकको अभाव भएकापछि वडा कार्यालयमा र गाउँपालिकामा आर्थिक सहयोगका लागि आवेदन पेश गर्ने र तत्काल विद्युत मर्मत गरि संचालनमा ल्याउने निर्णय गरिएको छ ।