बझाङको थलारा गाउँपालिकाले नयाँ प्रविधि अपनाइ ब्याज निर्माण गरेर मनायो राष्ट्रिय बाल दिवस

सेयर गरौं

शिवजी मण्डेल, बझाङ !

बझाङको थलारा गाउँपालिकाले नयाँ प्रविधि अपनाइ ब्याज निर्माण गरेर बाल दिवस मनाएको छ ।
पालिकाले स्थानीय स्तरमा पाइने पिपलको पातक‍ो प्रयोग गरि ब्याज निर्माण गरेर ५८औं राष्ट्रिय बाल दिवस मनाएको हो ।

कपडाबाट बनाइने ब्याज महङ्गो हुने हुँदा हाम्रै स्थानीय स्तरमा पाइने बस्तुहरूको प्रयोग ब्याज बनाइएको हो ।
पिपलक‍ो पातबाट निर्माण गरिएको ब्याजमा पिपलको पात , फूल र कागज प्रयोग गरिएको देखिन्छ ।

कपडाको ब्याज बनाउँदा कपडा किन्न सिलाईमा खर्च बढी हुन्छ , यसरी नयाँ प्रविधि अपनाएर ब्याज बनाउँदा खर्च कम हुने आशा गरिएको छ ।

यस्तो ब्याज निर्माण गर्दा कति फाइदा हुन्छ भनी थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायालाई सोध्दा यो धेरै सस्तो हुने बताउनुभयो ।
साथै अध्यक्ष रोकायाले आगामी कार्यक्रममा यस्तै ब्याज बनाउने र कपडा बाट बन्ने महङ्गो ब्याजको प्रयोग नगर्ने बताउनुभयो ।

नयाँ प्रविधि अपनाएर ब्याज निर्माण गर्ने सुदूरपश्चिमकै पहिलो स्थानीय तह थलारा गाउँपालिका बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212