थलारा गाउँपालिकामा प्रगतिशील युवा समाजको सामाजिक लेखा परिक्षण र युवा उधमिहरुको सपना आदान प्रदान कार्यक्रम सम्पन्न ।

सेयर गरौं

प्रगतिशील युवा समाजले थलारा गाउँपालिकामा सामाजिक लेखा परिक्षण र युवा उधमिहरुको सपना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

थलारा गाउँपालिकामा सञ्चालित प्रगतिशील युवा समाज सृजना परियोजना र सिकाई परियोजनाले अक्टोवर २०२१ देखि सेप्टेम्वर २०२२ सम्मको लक्ष्य अनुसारको उपलब्धी प्राप्तीको सामाजिक लेखा परिक्षण गरेको हो ।

प्रगतिशील युवा समाजका कार्यसमिति सह-सचिव प्रविन्द्र धामीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकास बहादुर रोकाया प्रमुख अतिथि र उपाध्यक्ष राम बहादुर खाती विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा सृजना परियोजना र सिकाई परियोजनाको वार्षिक क्रियाकलाप र त्यसमा भएको खर्चविवरण प्रश्तुत गरिएको थियो ।

प्रगतिशील युवासमाज सृजना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले जिविकोपार्जनमा आधारित बर्षभरी ४४ वटा योजनाहरुमा ६४ लाख ९० हजार ६ सय ५५ रुपैया र २६ लाख ९८ हजार १सय ६६ रुपैया प्रशासनिक खर्च गरिएको विवरण प्रश्तुत गर्नु भएको थियो । कुल १ करोड १० लाख २ हजार ७ सय ७ बार्षिक बजेट भएपनि ९ लाख १३ हजार ८ सय ८६ रुपैया भने खर्च हुन नसकेको उनको प्रतिवेनमा उल्लेख छ । त्यस्तै सिकाई परियोजनावाट वर्षभरि थलारा गाउँपालिकामा २७ वटा योजनाहरु सम्पन्न भएका प्रगतिशिल युवा समाज कार्यसमित सह-सचिव प्रविन्द धामीले विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुले खर्च भएका विभिन्न शिर्षकहरुमा टिकाटिप्पणी गर्नुकासाथै आगामि योजनाकालगि सुझाबहरु दिएका थिए । कार्यक्रममा थलारा गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नर बहादुर खाती थलारा गाउँपालिका इन्जिनियर संगित रोकाया स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली शिक्षा शाखा संयोजक हर्क बहादुर रोकाया महिला तथा बालबालिका शाखा प्रमुख सुम्निमा गिरी युएमएन प्रोग्राम मेनेजर इन्द्रीरा राई लगायत अतिथि रहनु भएको थियो । कार्यक्रममा सृजना परियोजनाका फिल्ड सहजकर्ता नरदेव भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले योजनामा अपनत्वको भावना हुन जरुरी रहेको भन्दै अपनत्व नभएका योजनाहरु दिगो हुन नसक्ने धारणा राख्नु भएको थियो । त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले योजना दिगो बनाउन ब्यक्ति स्वयंले पनि केहि लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1059