संविधान दिवसका कार्यक्रमलाई हौसलामामात्र सिमित राख्दा त्यसको औचित्यले पूर्णता पाउदैन ।

सेयर गरौं

मान बहादुर चौहान

नेपालको संविधान २०७२ लागु भएको आज आठौ बर्षमा प्रवेश भएको छ । संविधान देशको मुल कानुन हो । सम्विधानको अधिनमा रहि राज्यले एन कानुन नियमावली निर्देशिका तयार गरि देश र जनताको कल्याणकारी कार्यगर्न गराउन नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकार अघि बढीरहेकाछन् ।

नेपाल राज्यका विगतका संविधान हरु भन्दा वर्तमान संविधान उत्कृष्ट ठानिएको छ । हरेक वर्ष असोज ३ गते देशभरी हर्ष उल्लासका साथ संविधान दिवस मनाईदै आइएको छ । आज २०७९ असोज ३ गतेका दिन पनि सरकारका विभिन्न निकायको आयोजनामा देशभरी ८औ संविधान दिवस मनाई रहेका होलान । सार्वभौम सत्ता सम्पन्न नेपाली जनताद्धारा निर्मित उत्कृष्ट संविधान देशले पाउनु गर्वकै कुरा भएकाले हौसलाकासाथ संविधान दिवस मनाईन्छ । तर संविधान दिवसका कार्यक्रमलाई हौसलामामात्र सिमित राख्दा त्यसको औचित्यले पूर्णता पाउदैन ।

 संविधानमा ब्यवस्था गरिएका जनताका हक अधिकार सुनिश्चित भएका र हुन नसकेका विषयमा समिक्षा गर्नु र समिक्षावाट पहिचान भएका सवल पक्षलाई निरन्तरता दिदै दुर्वलपक्षलाई सुधार गर्ने पर्णय गर्नुकासाथै नविनतम सेवा सुविधाको थालनी गर्न आत्मसाथ गर्नु नै संविधान दिवसको औचित्य हुन सक्छ ।सहि रुपमा संविधान लागु गर्नु नै सुशासन हो । सुशासनद्धारा जनताको जीवन सशक्त सम्वृद्ध र सम्मानित बनाउनु पर्ने हुन्छ । सुशासनको प्रत्याभूति गराउन जिम्मेवार पक्ष सरकार हो भने सुशासनको उपभोक्ता जनता नै हो । सरकार र जनता वीचको सम्वन्ध घनिष्ट र पूर्ण हुनु पर्दछ । जनतापनि सुशासन प्रति सुसुच्ति हुनै पर्दछ । जनतालाई सुसुश्चित गराउने जिम्मा पनि सरकारको नै हो ।

हाम्रो थलारा गाउँपालिकाका विभिन्न समुदायवासी हरुको जीवनस्तर अध्ययन गर्ने हो भने । मानवीय आवश्यक आवश्यकता गास वास कपास शिक्षा स्वास्थ्य सुचना सञ्चार मनोरञ्जन र रोजगारको विधमान अवस्था सन्तोषजनक पाइदैन । उक्त आधारभूत आवश्यकता परिपूर्तिकालागि थलारा वासीकालागि विषेश कार्यक्रम लागु गर्नु थलारा स्थानीय सरकारले प्रमुख सवालका रुपमा लिनु आवश्यक छ । त्यसैले थलारा स्थानीय सरकारमा सहभागि जनप्रतिनीधि ज्युहरुवाट थलाराको स्तर आवश्यकता आवश्यता पूर्तिका माध्याम वा साधन र सम्वृद्ध थलारो र सुखि थलारी बनाउने परिकल्पना गरियोस भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गरिन्छ ।

थलाराको विकास केवल थलारा सरकारवाट मात्र संभव छैन । थलारा वासीहरुपनि विकास प्रति सचेत बन्नु सहभागि हुन उत्तिकै आवश्यक छ । जनस्तरमा विभिन्न पेशा र सुधार सामाजिक सास्कृतिक सुधार बातावरण सुधारका संगठन बनाई क्रियाशिल हुन सकेमा संगठन मार्फत जनताका आवश्यकता सरकार समक्ष पुग्ने र सरकारका सेवासुविधा जनता समक्ष पुगाउन सजिलो हुन्छ । साथै जनसहभागिता पनि जुट्न सहज हुन्छ त्यसैले थलारावासी जनताले पनि विकास प्रति लालायित बन्न सकुन संघ संगठन निर्माण हुन सकुन साझा सहकार्य मार्फत अगाडि बढ्न सकुन भन्ने थलारा बासीहरुमा संविधान दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

लेखक थलारा गाउँपालिका वडा नम्वर ६ सडिल निवासी निवृत शिक्षक तथा सडिल धार्मिक तथा सामाजिक विकास समुहका अध्यक्ष हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325