थलारा गाउँपालिकामा प्रवासवाट फर्किएका युवाहरुलाई स्थानीय तथा प्रदेश सरकारले गरेको रोजगार योजना कार्यक्रम एवं प्राब्धानहरुवारे जानकारको लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँपालिकामा प्रवासवाट फर्किएका युवाहरुलाई स्थानीय तथा प्रदेश सरकारले गरेको रोजगार योजना कार्यक्रम एवं प्राब्धानहरुवारे जानकारको लागि एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

kerk in actie cordaid umn को आर्थिक सहयोगमा र प्रगतिशील युवा समाज सृजना परियोजनाको आयोजनामा वडा सचिव गाउँपालिका अन्तरगतका शाखा प्रमुख र कोविडका कारण रोजगारी गुमाइ प्रवासवाट फर्किएर स्वदेशमा ब्यवसाय गरिरहेका युवा उधमिहरुवीच अन्तरक्रिया गरिएको हो ।

जिविकोपार्जनकालागि प्रदेश सरकार स्थानीय सरकार र सृजना परियोजनाले कति वजेट विनियोजन गरिरहेको छ । सेवा प्रवाह गर्ने तीनवटै निकाय विच कसरी एक आपसमा सामन्जस्यता ल्याउन सकिन्छ र सेवा प्राप्त गर्न के के प्राब्धान पुरा गर्नु पर्छ भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो ।

थलारा गाउँपालिका उपाध्क्ष तथा परियोजना सल्लाहाकार समिति सह संयोजक राम बहादुर खातीको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रममा सृजना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले परियोजनाले छिटो प्रतिफल दिने कृषिमा आधारित रोजगारको अवसरहरु तथा जिविकोपार्जनको उपायहरु स्थापित गर्ने । स्थानीय बजारमा आधारित ब्यवसायिक सिप विकासमा सुधार ल्याई रोजगारीको अवसर सृजना गर्ने । उधमशिलता र स्थायित्व विकासमा युवाहरुको संलग्नता बढाउने र मनोपरामर्श दिने जस्ता कार्यक्रम गरि रहेको जानकारी गराउनु भएको थियो ।

यस्तै वडा सचिव र बिषयगत शाखा प्रमुखहरुले पनि स्थानीय सरकारवाट दिइने सेवा र त्यसका प्राब्धानवारे जानकारी गराउनु भएको थियो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष राम बहादुर खातीले थलारा गाउँपालिका सरकार थलाराको विकासकोलागि निरन्तर लागि रहेको छ । थलाराको बिकासको आधार कृषि भएकोले त्यसको विकासवाट मात्र थलराको सम्बृद्धि हुने बताउनु भएको थियो । साथै उनले युवा उधमिहरुले जुन ब्यवसाय अपनाएपनि लगनशील र परिश्रमि बन्नु पर्ने भन्दै त्यस्ता ब्यवसायिहरुलई मात्र गाउँपालिकाले सहयोग गर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा सृजना परियोजनाले ब्यवसायिहरुलाई प्रशंसा पत्र पनि वितरण गरेको थियो ।

कार्यक्रमा सचविहरुको तर्फवाट वडा नम्वर ७ का सचिव मनिराम पाध्या र शाखा प्रमुखको तर्फवाट कृषिशाखा प्रमुख तेज बहादुर ओलीले भनाई राख्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकाया निमित्त प्रमुख प्रसाशकिय अधिकृत नरेश ओली लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202