२४ माघ २०८१, बिहीबार

थलारा गाउँपालिकामा जिल्लाकै ठूलो धन राशिको भलिबल प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम हुने
हिन्दुहरूको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा थलारा गाउँपालिकाले सर्वाधिक जिल्लाकै ठूलो धन राशिको भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
थलारा गाउँपालिकाको सांस्कृतिकको प्रचारप्रसार तथा खेलकुदको विकासका निम्ति कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
बडादशैं र तिहारको अवसर पारी बझाङका १२ वटै स्थानीय तहका टिम समावेश हुनेगरि महिला पुरुष भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको थलारा गाउँपालिका दशैं मेला व्यवस्थापन समितिले जनाएको छ ।
पुरुष भलिबल तर्फ प्रथम पुरस्कार रु १ लाख ३२ हजार १० रुपैयाँ द्वितिय पुरस्कार रु ७० हजार १० रुपैयाँ तृतीय पुरस्कार रु ४५ हजार १० रुपैया र सान्त्वना पुरस्कार रु ७ हजार १० रुपैयाँ तोकिएको छ । भने टिम दर्ता शुल्क रु ७ हजार १० रुपैया रहेको छ ।
त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ रु ५१ हजार १० रुपैयाँ प्रथम पुरस्कार , रु ३० हजार १० रुपैयाँ द्वितिय पुरस्कार , रु १५ हजार १० तृतीय पुरस्कार , रु ३ हजार १० रुपैयाँ सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ , भने टिम दर्ता शुल्क रु ३ हजार १० रुपैयाँ तोकिएको दशैं मेला व्यवस्थापन समिति अध्यक्ष कमल साउँदले बताए ।
प्रतियोगितामा असोज १० गतेदेखि १३ गते बेलुकी ५ बजेसम्म टिम दर्ता समय तोकिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि गाउँपालिका वा नगरपालिकाको सिफारिस र खेलाडीले आफ्नो नागरिकता प्रमाणपत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने छ । साथै टिममा ९ जना मात्रै खेलाडी समावेश गरिनेछ ।
खेल असोज १४ गतेदेखि सञ्चालन हुने भएको छ ।
