२४ माघ २०८१, बिहीबार

सल्यानमा भएको जीप दुर्घटनामा परि मृत्युु हुनेको पहिचान खुल्यो [नामावली सहित]
सल्यानमाको कपुरकोट गाउँपालिका ३ मुलपानीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरी बाट सल्यानको रिम तर्फ जादै गरेको रा १ ज ५६३ नंम्बरको जिप अनियन्त्रित भई सडक बाट १५० मिटर तल खस्दा १ महिला र ७ पुरुषको घटनास्थलमै मृत्यु भएको हो । उक्त जिपमा जम्मा ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।
सल्यान कपुरकोट ६ जलबाँङ बस्ने जिप चालक जित बहादुर बोहोरा, सोही ठाँउकी धर्मा ओली, टोप बहादुर ओली, बसन्त ओली, सुरेश खत्री, खुमलाल ओली, कुमारी ओली र कपुरकोट ५ रीम बस्ने ललित ओली रहेको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक आठजनाको शवलाई प्रहरीले सडकमा ल्याई जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी गरिरहेको छ । दुर्घटनामा घाईते भएका कपुरकोट ६ जलबाँङका तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेको छ ।
उद्धारको लागि दुर्घटना भएको स्थानमा प्रहरी चौकी कपुरकोट सल्यानबाट प्रहरी नायब निरिक्षक नेत्रबहादुर नेपालीको कमाण्डमा ५ जनाको टोलि र ईप्रका लुहाम सल्यानबाट प्रहरी निरिक्षक प्रेमबहादुर बोहोराको कमाण्डमा(७ जनाको टोलि खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायव उपरिक्षक दामोदर केसीको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको छ ।