मन्दिर प्रवेश गरेको भन्दै बाजुरामा दलितमाथि कुटपिट

सेयर गरौं

बाजुरा 

बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक जनामाथि निर्घात कुटपिट गरिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए । कुुटपिटमा संलग्न रहेको आरोप लागेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र बिनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263