थलारा गाउँपालिकाले रोजगार सहायक र प्राबिधिक कर्मचारीका लागि लिएको परिक्षामा सबै फेल

सेयर गरौं

थलारा गाउँपालिकाले रोजगार सहायक र प्राबिधिक कर्मचारीका लागि लिएको परिक्षामा सबै फेल अर्थात् असफल भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकाले रोजगार सहायक र प्राबिधिक सहायक पदमा लिएको परिक्षामा सहभागी सबै असफल भएको हुन ।

थलारा गाउँपालिकाले असोज १० गते रोजगार सहायक र प्राबिधिक सहायक पदका लागि सेवा सेवा सम्बन्धि परिक्षा लिएको थियोे । रोजगार सहायकका लागि ८ जनाले र प्राबिधिक सहायकका लागि ९ जनाले परिक्षा दिएकोमा कुनै पनि सहभागी पास नभएको पालिकाले सूचना मार्फत जनाएको छ ।

संयोजक पदमा भने १ जना पास, अर्थात् सफल भएका छन् । थलारा गाउँपालिकाले असोज ७ गते रोजगार संयोजक पदको परिक्षा लगेको थियो । जसमा जगदीश खड्का पासभएका पालिकाले जनाएको छ । संयोजक पदका लागि १० जनाले परिक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
6
+1
0
+1
0
+1
1
थलारा खबर
थलारा खबर
Articles: 72