थलारा गाउँपालिकाले आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी सांस्कृतिक कार्यक्रम सुरु

सेयर गरौं

शिवजी मण्डेल

बझाङको थलारा गाउँपालिकाले दसैं तिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
थलाराको संस्कृतिको प्रचारप्रसार र खेलकुदको विकासका निम्ति आयोजना गरिएको महिला पुरुष भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी सांस्कृतिक कार्यक्रम आज शुक्रबारदेखि थलारा माध्यमिक विद्यालयमा सुरु भएको हो ।

दसैं मेला व्यवस्थापन समिति अध्यक्ष कमल साउँदको अध्यक्षतामा र जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्टको प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया बिशिष्ठ अतिथि , उपाध्यक्ष रामबहादुर खाती अतिथि , प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित अतिथि, कार्यपालिका सदस्य, ९ वटै वडाका वडाध्यक्ष, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि ,सुरक्षाकर्मी , विभिन्न विद्यालयका शिक्षकहरू , पत्रकार लगायत अन्य अतिथि रहनु भएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण विष्टले शव्द वाचनगरि उद्घाटन गरेका हुन् ।
कार्यक्रममा स्वागत मनतव्य दसैं मेला व्यवस्थापन समिति सदस्य तथा थलारा माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष बसन्त नेपालीले राख्नु भएको थियोे ।

थलारा गाउँपालिकाले बझाङका १२ वटै स्थानीय तहका टिम सहभागी हुने गरि कार्यक्रमको आयोजना गरिएको हो ।
भलिबल खेलका लागि जिल्ला भरबाट जम्मा पुरुष तर्फ १५ वटा टिम र महिलातर्फ ९ वटा टिम सहभागी भएका दसैं मेला व्यवस्थापन समिति अध्यक्ष साउँदले बताए ।
खेल भोलि सनिवार देखि सुरु हुने आयोजक कमिटीले जनाएको छ ।

पुरुष भलिबल प्रतियोगिताको प्रथम हुने लाई रु १ लाख ३२ हजार १० रुपैयाँ द्वितिय हुनेलाई ७० हजार १० रुपैयाँ तृतीय हुनेलाई ४५ हजार १० रुपैया र सान्त्वनाहुने टिमले नगद ७ हजार १० रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै महिला भलिबल प्रतियोगिता सहभागी टिमबाट प्रथम हुने टिमलाई प्रथम पुरस्कार रु ५१ हजार १० रुपैयाँ द्वितिय पुरस्कार रु ३० हजार १० रुपैयाँ, तृतीय पुरस्कार रु १५ हजार १० रुपैयाँ , र सान्त्वना पुरस्कार रु ३ हजार १० रुपैयाँ व्यवस्था गरिएको छ ।
देउडा र दोहोरी सांस्कृतिक कार्यक्रम १६ गते
हुनेछ ।

कार्यक्रम सञ्चालन दुग्देश्वर पाण्डेले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
7
+1
1
+1
2
+1
0
+1
1
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212