७ चैत्र २०८१, शुक्रबार

बझाङमा जीप दुर्घटना , एक जना घाइते
उत्तमकुमार थापा , बझाङ !
सदरमुकाम चैनपुर बाट तलकाेट गाउँपालिका जानेक्रममा जीप दुर्घटना भएको छ ।
जिल्लाकाे सदरमुकाम चैनपुर बाट तलकाेटका लागि हिँडेको जीप तलकाेटकाे रातापानि भन्ने स्थानमा दुर्घटना भएको हाे । शुक्रबार बेलुकी तलकाेटकाे रातापानी भन्ने ठाउँमा राेकेकाे जिप दुर्घटना हुँदा साईपाल गाउँपालीका वडा नम्बर ३ घर भएका अन्दाजी १८/१९ बर्षिया ज्ञानेन्द्र बाेहरा घाइते भएका छन ।
जीप सडक बाट करिव ४०/४५ मिटर तल खसेर सेती नदिमा खसेकाे छ । जीपमा सवार साईपालका अन्य यात्रु हाम फालेर बाचेका छन । उनी भने, सिटकाे विचमा भएको कारण सेती नदिकाे छेउमा परेर घाइते भएको उज्ज्वल सागर बाेहराले बताए । जीपमा सवार चालक लगाएत ५ जना रहेका थिए । घाइते बाेहराकाे उपचार जिल्ला अस्पताल बझाङमा भईरहेकाे छ । थप विवरण आउन बाकी छ । घाइतेको साथमा उज्ज्वल सागर बाेहरा अस्पतालमा छन ।