थलारा गाउँपालिकाले आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको भलिबल प्रतियोगिताको पुरुषतर्फ अहिलेसम्म ५ खेल ,

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाले दसैं तिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिताको खेल आज देखि सुरु भएको छ
थलाराको संस्कृतिको प्रचारप्रसार र खेलकुदको विकासका निम्ति आयोजना गरिएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको खेल आज बिहानैदेखि सुरु भएको हो ।

अहिलेसम्म ५ वटा खेल सकिएका छन् । जसमा पहिलो खेल अर्जुन स्मृति थलारा गाउँपालिका ५ र थलारा गाउँपालिका वडा नम्बर ३ विच भएको थियो । दुबई टिम बिच भएको घम्साघमणसी खेलमा अर्जुन स्मृति विजेता भएको छ ।
त्यसलगत्तै M.Y.C थलारा गाउँपालिका -९ राउली र थलारा गाउँपालिका वडा नम्बर -६ विच भएको प्रतिस्पर्धामा थलारा गाउँपालिका वडा नम्बर -६ विजेता भएको थियोे ।

त्यसपछि बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिका विच खेल भएको थियोे । जसमा केदारस्युँ गाउँपालिका विजेता भएको छ ।

उक्त खेल सकिएसंगै सुरु हुने भनिएको थलारा गाउँपालिका आयोजक ,बि, र खप्तड छान्ना गाउँपालिका विचको खेलमा खप्तडछान्ना गाउँपालिका अनउपस्थित भएपछि थलारा गाउँपालिकाको बि ´ टिम माथिल्लो स्थानमा उल्कीएको थियोे । त्यस्तै भर्खरै मष्टा गाउँपालिका र अमृत स्मृति मेमोरियल छबिस पाथिभेरा गाउँपालिका ३ विच प्रतिस्पर्धा भएको थियोे । जसमा अमृत स्मृति मेमोरियल छबिस पाथिभेरा गाउँपालिका १ बिजेता भएको छ । अहिले थलारा गाउँपालिका आयोजकA´ र थलारा गाउँपालिका वडा नम्बर -८ बिच प्रतिस्पर्धा भइरहेको छ । यो खेल सकिएपछि थलारा गाउँपालिका -३ र जयपृथ्वी नगरपालिका विच हुने छ र त्यसपछि भने महिला भलिबल सुरु हुने आयोजक कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
13
+1
3
+1
16
+1
0
+1
4
+1
5
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212