३ फाल्गुन २०८१, शनिबार

बैतडीमा अटो दुर्घटना , सात जना घाइते
बैतडीमा सोमबार अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट देहीमाण्डौंतर्फ आइरहेको अटो महाकाली राजमार्ग अन्तर्गत बसालीमा दुर्घटना भएको हो।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्नका लागि आउँदै गरेका मानिस सवार अटो दुर्घटना हुँदा चालक चालक धनसिंह थलालसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तीब्र गतिमा रहेको अटो सडकमा भएको खाल्डोमा परेर अनियन्त्रित भएर सडकबाट करीब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर डिलाशैनी गाउँपालिका ६ का ५० वर्षीय बीरसिंह खत्री र उनकी पत्त्नी ४५ वर्षीया अम्मरा अत्री, सोही ठाउँकी १३ वर्षीया संगिता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र ९ वर्षीय जनक थलाल घाइते भएका छन्।
उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।