१५ आश्विन २०८०, सोमबार

बझाङको सुर्मा गाउँपालिका -५ मा साइन स्टार युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उपाधि शोभान स्मृतिलाई
बझाङको सुर्मा गाउँपालिका-५ मा बडादसैंको अवसर पारी आयोजना गरिएको क्रिकेट प्रतियोगिताको उपाधि शोभान स्मृति स्पोर्ट्स क्लब दौलाले हात पारेको छ ।
सुर्मा गाउँपालिका -५ मा साइन स्टार युबा क्लब सैनगाउँले आयोजना गरेको पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको बिजेता शोभान स्मृति स्पोर्ट्स क्लब दुर्गाथलि गाउँपालिका ७ दौलाले डिवाइसी (DYC) दौलिचौर सुर्मा गाउँपालिका १ लाई, ७० रनले हराउँदै उपाधि हात पारेको हो ।
शोभान स्मृति स्पोर्ट्स क्लबसँग हार बेहर्दै डिवाइसी (DYC) दौलिचौर उपविजेता बनेको छ ।
प्रतियोगिताको विजेता बनेको शोभान स्मृति स्पोर्ट्स क्लबले नगद १ लाख २ हजार ७९ सहित कप , ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता डिवाइसी दौलिचौरले ४२ हजार ७९ नगद सहित कप ,ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजक कमिटीका उपाध्यक्ष नरेन्द्र बोहराले बताए ।
बोहराका अनुसार उत्कृष्ट ब्याटिङ टेकेन्द्र रावत , उत्कृष्ट बलर भरत दौल्याल भएका छन् भने , म्यानअफद म्याच बसन्त जप्रेल पाएका छन् । उनीहरूलाई जनही ट्रफी प्रदान गरिएको थियोे ।
असोज १० गते घटस्थापना देखि सुरु भएको प्रतियोगिता १७ गते महाअष्टमीका दिन सम्पन्न भएको हो ।
प्रतियोगितामा ३७ टिमको सहभागिता रहेको थियोे ।
सुर्मा गाउँपालिकाको प्रचारप्रसार आयस्तरमा वृद्धि र क्रिकेट खेलका विकासका लागि प्रतियोगितामा आयोजना गरेको आयोजक कमिटीले जनाएको छ । हरेक वर्ष दसैंको अवसरमा सैनगाउँमा क्रिकेट प्रतियोगिता हुँदै आएको छ ।
खेल ठिन्के गडा ( साइन टाउन ) सैनगाउँमा भएको थियोे ।

