एमाले नेता महरले कैदीबन्दीलाई दसैं मनाउन खसी किनिदिए

सेयर गरौं

उत्तमकुमार थापा बझाङ !

बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले दसैं मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई एउटा खसी प्रदान गरेका हुन् ।

आज बिहान महरले पत्रकार र प्रहरीको उपस्थितिमा बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई दशैको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिए ।

कैदीहरूले महर संग क्षमता भन्दा बढी भएर अप्ठेराे तरिकाले बस्नु परेकाे गुनासाे राखेका छन् । २५ जनाकाे क्षमता रहेकाे जिल्ला कारागार बझाङमा हाल ७२जना कैदी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
6
+1
1
+1
6
+1
0
संवाददाता
संवाददाता
Articles: 1357