बझाङमा एक युवक मृत फेला

सेयर गरौं

बझाङमा एक युवक मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी ( अम्मराज जोशी) मृत भेटिएका थिए।

बिहान करिब  ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
5
संवाददाता
संवाददाता
Articles: 1259