३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकाले आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको भलिबल प्रतियोगितामा पुरुष तर्फ आयोजक र महिलातर्फ छबिस पाथिभेरा गाउँपालिका प्रथम
शिवजी मण्डेल , बझाङ !
बझाङको थलारा गाउँपालिकाले दसैंतिहारको अवसर पारि आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको भलिबल प्रतियोगिताको पुरुष तर्फ आयोजक (B) टिम प्रथम भएको छ ।
शुक्रबारदेखि थलारा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
पुरुष तर्फको भलिबल प्रतियोगितामा जयपृथ्वी नगरपालिकालाई हराउँदै आयोजक (B) प्रथम भएको छ । आयोजक संग हार बेहोर्दै जयपृथ्वी नगरपालिका द्वितिय भएको छ । त्यस्तै छबिस पाथिभेरा गाउँपालिका तृतीय र अमृत मेमोरियल छबिस पाथिभेरा गाउँपालिका सान्त्वना भएको छ ।
प्रथम भएको आयोजक (B) ले नगद १ लाख ३२ हजार १० रुपैयाँ सहित प्रमाणपत्र , द्वितिय जयपृथ्वी नगरपालिकाले नगद ७० हजार १० रुपैयाँ सहित प्रमाणपत्र तृतीय छबिस पाथिभेरा गाउँपालिकाले नगद ४५ हजार १० रुपैया सहित प्रमाणपत्र र सान्त्वना अमृत मेमोरियल छबिस पाथिभेरा गाउँपालिकाले नगद ७ हजार १० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छन् ।
यस्तै यसअघि सम्पन्न महिला तर्फको भलिबल प्रतियोगितामा छबिस पाथिभेरा गाउँपालिका प्रथम भएको छ ।
फाइनल खेल छबिस पाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका विच प्रतिस्पर्धा भएको थियोे । जसमा मष्टा गाउँपालिकालाई सोझै हराउँदै छबिस पाथिभेरा गाउँपालिका प्रथम भएको हो । भने हार बेहोर्दै मष्टा गाउँपालिका द्वितिय भएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका तृतीय र सुर्मा गाउँपालिका सान्त्वना भएको गौतम कुमार बिष्टले जानकारी दिए ।
प्रथम हुने छबिस पाथिभेरा गाउँपालिकाले ५१ हजार १० रुपैयाँ नगद सहित प्रमाणपत्र, द्वितिय मष्टा गाउँपालिकाले ३० हजार १० रुपैयाँ नगद सहित प्रमाणपत्र , तृतीय जयपृथ्वी नगरपालिकाले १५ हजार १० रुपैयाँ ,नगद सहित प्रमाणपत्र र सान्त्वना भएको सुर्मा गाउँपालिकाले ३ हजार १० रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका आयोजक कमिटीले जनाएको छ ।
थलारा गाउँपालिकाले थलाराको संस्कृतिको प्रचारप्रसार र खेलकुदको विकासका निम्ति महिला पुरुष भलिबल प्रतियोगिता र देउडा तथा लोकदोहोरी सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

