१३ माघ २०८१, आईतवार
प्रतिनिधि सभा सदस्यका लागि धामीले गराए स्वतन्त्र उम्मेदवारी दर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बझाङ जिल्लाको क्षेत्र नं १ बाट छबिस पाथिभेरा गाउँपालिका-७ का लोकेन्द्र सिंह धामी (निर्मल) ले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराउनु भएको छ । आज जिल्ला निर्वाचन कार्यालय बझाङमा धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
धामी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन ।
धामी लगायत ४८ जनाले सामुहिकरुपमा गठबन्धनको भागबण्डा प्रति असन्तुष्टि जनाउँदै वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचन अगाडिनै पार्टीबाट राजीनामा दिएको भन्दै वडामा पनि स्वतन्त्र उम्मेदवार बनाएर चुनाव लडि सकेका छन् ।
वडामा स्वतन्त्र उम्मेदवार उठाइ चुनाव लडेर उक्त समूह विजेता हुन सफल भएको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1