बझाङको केदारस्युँ गाउँपालिका -९ मा घरको आगनमा पहिरो

सेयर गरौं

बझाङ !

बझाङको केदारस्युँ गाउँपालिका -९ मा घरको आगनमा पहिरो गएको छ।
सनिवार देखिको लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका-९ कफ्लेनी स्थित हरिकृष्ण बोहराको घरको आगनमा पहिरो गएको हो ।

निरन्तरतको वर्षाका कारणले आइतबार बिहानै घरको तल्लो स्थानबाट पहिरो खसेको छ । घरको आगनबाटै पहिरो खसेपछि अहिले बोहराको परिवार त्रसित भएको छ ।
अन्त गएर बसौ त अर्को घर छैन , यता कतिबेला पो पहिरोले घर नै बगाउँछ डरैडरमा बस्नु परेको बोहराको भनाइ छ ।
रातमा निद्राको सट्टा चिन्ता बढी लाग्ने गरेको र कतिबेला पो घर पहिरोले लिन्छ भन्दै हेराला बस्नु परेको उनलेे जानकारी दिए ।

घरको जगनबाटै पहिरो खसेको छ । उक्त पहिरो गएको ठाउँमा केराका बोटहरू सुन्तला , कागतीका बोटहरू थिए । ती बोटहरू पनि पहिरोले बगाएको छ।
पहिरो रोकथामका लागि बोटहरू लगाएपनि बोटहरू समेत पहिरोले लगेको उनलेे बताए ।
बोहराको ६ जनाको परिवार छ । गोठमा पुशुचौपाया गाइ बाख्रा भैंसी रहेका छन् ।

घरपहिरोको मुखमा रहेको देखिन्छ यसमा केदारस्युँ गाउँपालिका र वडका कार्यालयको ध्यानाकर्षण हुनु अतिआवश्यक देखिन्छ ।
स्थानीय सरकारले उक्त परिवारका लागि आवश्यक पहल चाल्नुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212