थलारा गाउँपालिका-५ खोलीमा रहेको परी बार एण्ड रेष्टुरेन्टथिबाट पहिरो खस्दा लाखौंको क्षति

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा पसलमाथिबाट पहिरो खस्दा ठूलो क्षति भएको छ ।
बिहीबारदेखि लगातार आएको अविरल वर्षका कारणले थलारा गाउँपालिका-५ खोलीमा मानबहादुर बिष्टले सञ्चालन गरिराख्नु भएको परी बार एण्ड रेष्टुरेन्टमा पहिरो खस्दा लाखौंको क्षति भएको हो ।

असोज २३ गते राति पसलको पछाडिपट्टीबाट पहिरो खस्दा पसलमा रहेका स्वदेशी तथा विदेशी पियपदार्थ, Led टिभी ग्यास चुलो, सोलार , भाडाकुडा , पानीको ट्याङ्की , फिरिज लगायत अन्य सामाग्री गरि करिब ३ लाख बढी क्षति भएको सञ्चालक बिष्टले जानकारी दिए । माथिबाट पहिरो खसेपछि जम्मा ढुङ्गा माटो पसलको माथि थुप्रिएको छ । पसल छाएको जस्तापातामा पनि क्षति भएको छ।

रातिको समयमा पहिरो आएको थियोे , पहिरो बिस्तारै खस्दा ज्यान जोगाउन सफल भएको उनी बताउँछन् ।
त्यस्तै प्रकाश बिष्टको मेडिकल र भक्त चौहानको घरमा पनि क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2
+1
5
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212