वर्षाका कारण स्थगित भएको उद्योग बाणिज्य संघ कप २०७९ असोज ३० बाट हुने

सेयर गरौं

बझाङ उद्योग बाणिज्य संघले सिलदेबी मेलाको अवसर पारी आयोजना गरेको उद्योग बाणिज्य संघ कप २०७९ भलिबल प्रतियोगिता तथा देउडा प्रतियोगिता हुने भएको छ ।
अविरल वर्षाका कारण स्थगित भएको उक्त प्रतियोगिताहरू असोज ३० गतेदेखि हुने भएको हो ।

कोजाग्रत पूर्णीमाको दिन लाग्ने सिलदेवी मेलामा वर्षाद भएपछि आयोजना गरिएका सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उद्योग बाणिज्य संघले जनाएको थियो ।
बुधबार एक सूचना जारी गर्दै उद्योग बाणिज्य संघ बझाङले स्थगित कार्यक्रमहरू यहीँ असोज ३० गतेदेखि सुरु हुने जनाएको हो । उद्योग बाणिज्य संघ बझाङले पुरुष भलिबल तर्फ १ लाख ३१ हजार बढी प्रथम पुरस्कारको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212