कृषि ज्ञान केन्द्र बझाङले ५० प्रतिशत अनुदानमा गहुँ तोरी मसुरो र आलुको बीउ वितरण गर्दै

सेयर गरौं

तरुणा जोशी, बझाङ ! कृषि ज्ञानकेन्द्र बझाङले ५० प्रतिशत अनुदानमा बिउ बितरण गर्न थालेको छ । कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका लागी कृषि ज्ञान केन्द्रले असोज २६ गते बाट गहु,तोरी,मसुरो आलुको बिउ ५० प्रतिशत अनुदानमा बितरण गदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।

बझाङ जिल्लाको तल्लो तटिय क्षेत्रमा गहु बालिमा पहेलो सिन्दुरे रोग देखा परेको भन्दै कृषकहरुले गुनासो गर्न थालेपछि कृषि ज्ञान केन्द्रले कृषकको समस्यालाइ मध्यनजर गदै समयमा नै बिउ बितरण गर्न थालेको हो । घरकै रोगी बिउ प्रयोग गर्दा फेरी बालिमा रोग देखापर्न सक्ने भएकाले यस पालि समयमा नै गुणस्तरीय, र उपचारीत गहु तोरी मसुरो आलुको बिउ बितरण गर्न लागेको प्रमुख बिष्टले बताउनुभयो ।

असोज २६ गते बाट हाल सम्म १० क्बियुन्टल गहुको बिउ र २ सय ५० कुइन्टल आलुको बिउ बितरण गरीएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बढि परिमाण को बिउको कृषि ज्ञान केन्द्रमा माग आए पायक पर्ने सडक सम्म निशुल्क ढुवानि गरीदै आएको समेत प्रमुख बिष्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311