बझाङमा भएको जीप दुर्घटनामा घाइतेको उपचारका लागि तलकोट गाउँपालिकाले २ लाख उपलब्ध गराउने

सेयर गरौं

बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई  लाख रुपैयाँ उपलब्ध गराउने बताए।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1339