थलारा गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना, प्रथम पुरस्कार ३० हजार ५

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
तिहारको अवसरपारी थलारा गाउँपालिका-८ को मुख्य आयोजनामा डाँडाबाघ सायर मेला व्यवस्थापन समितिद्घारा थलारा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

डाँडाबाघ सायर मेला व्यवस्थापन समितिले कार्तिक १ गते एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुन लागेको जनाएको छ ।
भलिबल खेल क्षेत्रको विकास र खेलाडीलाई खेल प्रति प्रोत्साहित गर्न प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार ५ रुपैयाँ , द्वितिय लाई २० हजार ५ रुपैयाँ र तृतीय हुने टिमलाई १० हजार ५ रुपैयाँ पुरस्कार घोषण गरेको छ । टिम दर्ता शुल्क २ हजार ५ सय १० रुपैयाँ तोकिएको छ, भने दर्ता गर्ने मिती कार्तिक ५ गते बेलुका ५ बजेसम्म रहेको छ ।

प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरूको नागरिकताको प्रतिलिपी र वडाको सिफारिस अनिवार्य पेस गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतियोगिता कार्तिक ६ गते बिहान १० बजेदेखि थलारा गाउँपालिका-८ बुङ्गीजिउलामा हुनेछ ।

थलारा गाउँपालिका-८ ले हरेक वर्ष डाँडाबाघ सायर मेलाको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
6
+1
0
+1
2
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212