मष्टा गाउँपालिकामा आज शोक विदा

सेयर गरौं

बझाङको एक गाउँपालिकाले शोक विदा दिइएको छ।
जिप दुर्घटनामा पालिकाका आठ जनाको मृत्यु भएपछि शोकमा मष्टा गाउँपालिकाले बिहीबारआज विदा दिएको हो। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको एक सूचना जारी गर्दै पालिकाले जनाएको छ।

बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जिप दुर्घटना भएको हो।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल सिमखेत र धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरीले बताएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212