बझाङमा एक जना पुरुष मृत फेला

सेयर गरौं

बझाङमा एक जना पुरुष मृत फेला परेका छन् । मष्टा गाउँपालिका १ समदेउ घर भएका करिब ४८ वर्षीय लाल पुरी बिहीबार बिहान जयपृथ्वी नगरपालिका -३ डुङ्ग्री खोलामा मृत फेला परेका हुन् ।

उनको अत्यधिक मदिरा सेवन गरि डुङ्ग्री खोला नजिक सुतेकाले चिसोका कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।

मृतक पुरीको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतक पुरी हरेक दिन अत्यधिक मदिरा सेवन गर्दै हिड्ने गरेको स्थानीयले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
संवाददाता
संवाददाता
Articles: 1230