बझाङमा जीप दुर्घटनामा परि मृत्यु भएकाको राहत र घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाको ३ लाख सहयोग गर्ने घोषणा

सेयर गरौं

बझाङको जयपृथ्वी नगरपालिकाले बुधबार भएको जिप दुर्घटनामा मृतकको राहत र घाइतेहरुको उपचारको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै उक्त रकम उपलब्ध गराउने जनाएको हो ।

मृतकको राहत र घाइतेहरुको उपचारको लागि नगरपालिकाको तर्फबाट विपद कोषबाट खर्च गर्ने गरि तीन लाख सहयोग गर्ने घोषणा गरेको नगरप्रमुख चेतराज बजालले बताउनुभयो ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।  यस्तै तलकोट गाउँपालिकाले यसअघि नै २ लाख उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212